रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

file photo

दाङ – रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस आज बेलुकी दुर्घटनामा परेको हो।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएको प्रहरीले जनाएको छ। बस शहितमार्ग अन्तर्गत माडी गाउँपालिका–२ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए।

दुर्घटनामा  ३ जना पुरुष र १ जना महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएकाहरुलाई घर्तीगाउँमा रहेको सुनिल स्मृति अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

बसमा सवार १० जना रहेको प्रहरीले अनुमान गरेको छ। बस सडकदेखि करिब एक सय फिट तल खसेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : बिहिबार, मंसिर २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij