मिलिजुली युवा क्लवले गर्यो न्यानो कपडा वितरण

मिलिजुली युवा क्लवले गर्यो न्यानो कपडा वितरण

तिलोत्तमा- मिलिजुली युवा क्लव तिलोत्तमा ३, जानकीनगरले देउसी भैलो कार्यक्रमद्धारा संकलित रकमबाट मानव सेवा आश्रममा न्यायो कपडा हस्तान्तरण गरेको छ । क्लवले शनिवार आश्रम परिषर सुख्खानगरमा एक कार्यक्रमको आयोजना गरी कम्बल, सुइटरलगाएतका न्यानो कपडा हस्तान्तरण गरेको हो । बीसहजार बरावरको न्यानोकपटा तथा खाद्यान्य प्रदान गरिएको क्लवका अध्यक्ष बरदान आचार्यले बताए ।
क्लवले निरन्तर देउसी भौलो संचालन गर्दै आएको बताउँदै उनले भैलाबाट संकलित रकम फजुल खर्च गर्ने परम्परालाई तोड्दै समाजिक क्षेत्रमा लगाइएको बताए । तिलोत्तमा, बुटवललगाएतका क्षेत्रहरु देउसी भैलो संचालन गरेर रकम संकलन गरेको थियो । विगतका वर्षहरुमा देउसी भैलोबाट संकलन भएको रकमबाट समाज सेवामा खर्चिने गरेको बताउँदै त्यसको निरन्तरता नै न्यानो कपडा वितरण रहेको उनको भनाई छ ।
क्लवका अध्यक्ष बरदान आचार्यको अध्यक्षता देउसी भौलो संयोजक तथा क्लवका सचिव सुरज क्षेत्रीको संचालन, उपाध्यक्ष रुवि शर्माको स्वागतमा भएको कार्यक्रममा पूर्वअध्यक्ष नारायण परियार, भैलो व्यवस्थापन समिति सदस्य अभिषेक भण्डारी, सहसचिव पूर्णीमा क्षेष्ठ, तेजेन्द्र राना मगर, कमल थापा क्षेत्री, पुनम दर्नाललगाएतले बोल्दै क्लवले समाजिक सेवाभाव अनुरुप सहयोग प्रदान गरेको बताएका थिए ।
सोही अवसरमा भैलो व्यवस्थापक अभिषेक भन्डारीले बालबालीका र जेष्ठ नागरिकहरुका लागि तयारी खाजा हस्तान्तरण गरेका थिए ।

 

प्रकाशित मिति : शनिबार, मंसिर ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij