जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ घाइते

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ घाइते

file photo

काठमाडौँ – जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जरकोटका प्रहरी डीएसपी मधुकुमार थापाका अनुसार नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस दुर्घटनामा परेको छ । बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनालाई उद्धार गरी जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको छ ।

राति बस दुर्घटना भएका कारण उद्धारमा ढिलाइ भएको डिएसपी थापा बताए । दुर्घटनामा मृत्यु भएकाहरूको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij