रोटरी क्लब अफ भैरहवा को छैठौ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

रोटरी क्लब अफ भैरहवा को छैठौ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

 

भैरहवा–रोटरी क्लब अफ भैरहवा को छैठौ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।

क्लव ले संस्था को छैठौ औ स्थापना दिवसको उपलक्ष्य मा ओम सतिया गाउ पालिका बाला पुर मा रहेको श्री सत्य साई बृद्ध आश्रम का बृद्ध बृद्धा हरु लाई न्यानो कपडा वितरण गरेको छ ।

 

संस्था ले स्थापना को पहिलो वर्ष देखिनै स्थापना दिवस का दिन बिहान वृद्धवृद्धा, अनाथ बाल बालिका लाई आश्रय दिइरहेका संस्था हरु साथै अपाङ्गता भएका व्यक्ति लाई आवश्यक सहयोग सामाग्री र बेलुका स्थापना दिवसको कार्यक्रम आयोजना गर्दै आएको रोटरी क्लब अफ भैरहवा का पुर्व अध्यक्ष तथा कार्यक्रम सयोजक मनिष भट्टराईले बताउनु भयो ।

संस्था ले स्थापना को छैठौ वर्षको अवसर मा श्री सत्य साई बृद्ध आश्रम मा रहेका १८ जना बृद्ध बृद्धाहरुलाई न्यानो पोशाक, हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब अफ भैरहवा का अध्यक्ष चक्रमणी आचार्यको अध्यक्षता मा भएको कार्यक्रम मा क्लब का निवर्तमान अध्यक्ष शिव हरी शर्मा , लगायत ले बोल्नु भएको थियो ।

 

कार्यक्रम क्लब का सचिव साजन जंग राणा को सचालन तथा पुर्व अध्यक्ष एवम कार्यक्रम सयोजक मनिष भट्टराई को स्वागत मा सम्पन्न भएको थियो ।

रोटरी क्लव अफ भैरहवा २०७३ साल मंसिर २१ गते भैरहवा क्षेत्रका उद्योगी, व्यवसायी, चिकित्सक, शिक्षण, बैंकर्श, होटलियर, मिडिया, केबलनेट लगायत बिभिन्न पेशा मा आबद्ध रहेका ५४ जना युवाहरुलाई संगठित गराई राजकुमार गुप्ताको नेतृत्वमा स्थापना भएको थियो ।

प्रकाशित मिति : मंगलबार, मंसिर २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij