बुटवल- तिनाउ दानव करीडोर पिडित संघर्ष समिति बुटवल रुपन्देहीले करिडोरबाट क्षति हुने घर जग्गावालाहरुलाई उचित ठाँउमा व्यबस्थापन गर्नु पर्ने, उचित क्षतिपूर्ती दिनु पर्ने लगायतको माग गरेको छ ।
आइतबार बुटवलमा पत्रकार संमेलनको आयोजना गरि बिभिन्न माग सहित संघर्षका कार्यक्रम सार्बजनिक गरेको हो ।
कार्यक्रम अन्तर्गत पौष ५ गते बुटवल उप महानगरपालीका मेयर शिवराज सुवेदीलाई ज्ञापनपत्र बुझाउने यसको बोधार्थ वडा नं २,५,७,११,१२,१३,१४ र १७ का वडा कार्यालयहरुमा दिने , ८ गते राजनितिक दल ,स्थानिय जनप्रतिनिधी संग आमसभा ,११ गते बिरोध प्रदर्शन गर्ने, १३ गते धर्ना दिने र माग सम्बोधन भएन भने अहिले रानिगंज हरियाली टोल र तिलोत्तमा टोलमा सुरु भएको काम रोक्ने लगायतका संघर्षको कार्यक्रम रहेको छ ।घर जग्गावालाहरुलाई उचित व्यबस्थापन र क्षतिपूर्ती नभय सम्म करीडोरको काम संचालन हुन नदिने र यसको बिरुद्वमा आगामी दिनमा सम्बन्धित निकायमा जुलुस, धर्ना, हडताल लगायतका बिरोधका कार्यक्रम गर्नेे तिनाउ दानव करीडोर पिडित संघर्ष समिति अध्यक्ष आत्मराम रानाले बताए ।
समितिका उपाध्यक्ष राजु शाहिले बिगत ३० बर्ष देखि बसोबास गर्दै आएको क्षेत्रमा करिडोरको नाममा स्थानियहरुलाई उठिबास लगाउने कार्य आफुहरुलाई मान्य नहुने बताए।
त्यस्तै तिनाउ र दानव तर्फ करीडोरको बिगत १ बर्ष देखी करीडोरको काम संचालन भएको क्षेत्र बुटवल १३ र १४ का करीडोर पिडीतलाई हाल सम्म कही कतै व्यबस्थापन नगरेको र तिनाउ तथा दानवका किनारामा अबस्थित बुटवल उप महानगरपालीका वडा नं २ मैनाबगर, श्रीरामनगर ,वडा नं५, सुन्दरनगर,७, शौभाग्यनगर,९ पुरानोबसपार्क तथा प्रदेश सभा भवन पछाडीको बस्ती ११, पबित्रानगर, सत्यवतीटोल बिनापाते , हात्तिसुड, प्रगतीगनर, मजुवा, टपमजुवा, दुर्गानगर, धुर्वनगर, न्यूदुर्गानगर, युद्वनगर, बुद्वनगर, श्रृजनानगर, १२,ताराटोल, १३,तिलोत्तोमानगर, १४, पदमपुर, हरीयालीटोल, १७, रानीगन्ज,र तिलोत्तमा नगरपालीका वडा नं ३ सिमानानगरमा रहेका सुकुम्बासी तथा अव्यबस्थित बसोबासका करीब पचास हजार आश्रृत परीवारहरु बिस्थापित हुने अबस्था आएको समितिका सचिव बिष्णु सुनारले बताए ।
बिगत ३० वर्ष देखि बसोबास गरेको बस्तिका स्थानियले राज्यको लालपुर्जा बाहेक राज्यले अनुमति दिएका कर र बुझाउनुपर्ने महशुल बिद्युत कर ,पानीको महशुल र लालपुर्जा पाइन्छ भनेर भरिएको फारममा पनि शुल्क राज्यलाई तिरेको र लालपुर्जा मात्र नभए पनि मत भने चलेर स्थानिय चुनावमा मत दिएर चुनाव पनि जितेको तर यस ठाँउको जनताको भावना बिपरित जबरजस्ती ढंगबाट निर्माग गर्न लागिएकोले यहाँका जनतालाई उचित क्षतिपुर्ती सहित उचित ब्यबस्थापन गर्न समितिका सल्लाहाकार बिरेन्द्र बिक ले माग गरे ।

यसअघि स्थानियहरुले करीडोरबाट क्षति हुने घर जग्गावालाहरुलाइ उचित ठाँउमा व्यबस्थापन गर्नु पर्ने, क्षतिपूर्ती दिनु पर्ने लगायतको माग राख्दै तिनाउ दानव करीडोर पिडीतका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, पूर्ब अर्थ तथा गृहमन्त्री बिष्णु पौडेल, पूर्ब प्रधानमन्त्रि बाबुराम भट्टराई,मुख्यमन्त्री कार्यलय, भौतिक योजना तथा पूर्बधार बिकास मन्त्रालय, बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, सडक डिभिजन बुटवल, सम्बन्धित वडा कार्यलयहरु र सबै राजनैतिक दललाई ज्ञापन पत्र बुझाई सकेका छन् ।
४ अर्ब १३ करोड लागतको तिनाउ–दानव नदी करिडोरको डिपिआरअनुसार लम्बाइ ५० किलोमिटर रहेको छ ।
प्रकाशित मिति : आइतबार, पुष ४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्