कांग्रेस खुला केन्द्रीय सदस्यमा अहिलेसम्म कसको मत कति ?

कांग्रेस खुला केन्द्रीय सदस्यमा अहिलेसम्म कसको मत कति ?

काठमाडौं – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मत गणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मत गणनामा शशांक कोइरालाले अग्रता बनाएका छन् ।

२८ सय मत गन्दा कोइराला दोस्रो स्थानका उम्मेद्वारभन्दा निक्कै बढी मतले अघि छन् । उनले १४औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यमा बढी मत ल्याउने पक्कापक्की भएको छ ।

९९ जनाले उम्मेद्वारी दिएकोमा ३५ जना निर्वाचित हुनेछन् । ९८ जनाभन्दा निक्के अघि रहेका शशांक निवर्तमान महामन्त्री समेत हुन् । शशांक पछिपछि एनपी साउँद, बालकृष्ण खाँण र उदयशम्शेर राणा छन् ।

१० जनाले प्राप्त गरेको मतपरिणाम यसप्रकार छ :
१, शशांक कोइराला २२०८
२, एनपी साउद १७१६
३, बालकृष्ण खाँण १६७६
४, उदयशम्शेर राणा १६२५
५, रमेश लेखक १६१४
६, शंकर भण्डारी १५९७
७, ज्ञानेन्द्रबहादुर कार्की १५९६
८, रामहरि खतिवडा १५८४
९, अर्जुन नरसिंह केसी १५४२
१०, जिपछिरिङ लामा १४९१

प्रकाशित मिति : आइतबार, पुष ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij