नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आजदेखि:उदघाटनमा ११ दललाई निम्तो

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आजदेखि:उदघाटनमा ११ दललाई निम्तो

काठमाडौं – नेकपा माओवादी केन्द्रले आजदेखि काठमाडौंमा सुरु हुन लागेको पहिलो राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा रुपान्तरण गरेको छ ।

यो निर्णयलाई औपचारिकता दिन पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय समिति बैठक सुरु भएको छ ।

यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव केन्द्रीय समितिको बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।

दिउँसो प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशन उदघाटन समारोहमा बिभिन्न ११ राजनीतिक दलका नेताहरुलाई बोलाउने निर्णय पनि माओवादीले गरेको छ । यसअघि राष्ट्रिय सम्मेलनमा पाहुनाहरु नबोलाउने निर्णय माओवादीले गरेको थियो ।

१२९ औं माओ जन्मजयन्तीको अवसर पारेर माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । यस अवसरमा आइतबार बिहान विज्ञप्ति जारी गर्दै प्रचण्डले नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौं राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिएका छन् । प्रचण्डले महाधिवेशन प्रतिनिधि, पार्टी नेता कार्यकर्ता र जनसुमदायलाई नयाँ कार्यदिशा विकासको बहसमा केन्दि्रत हुन अपिल गरेका छन् ।

प्रकाशित मिति : आइतबार, पुष ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij