माओवादी महाधिवेशन: प्रचण्डको प्रतिवेदन २५ समूहमा छलफल हुँदै

माओवादी महाधिवेशन: प्रचण्डको प्रतिवेदन २५ समूहमा छलफल हुँदै

काठमाडाैँ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ । सोमबार बन्दसत्रमा प्रस्तुत भएको प्रतिवेदनबारे आज २५ समूहमा छलफल हुने भएको हो ।

छलफलका लागि सोमबार नै २५ समूह बनाइएको थियो । अध्यक्ष प्रचण्डको प्रतिवेदनमा आज दिनभर छलफल गरेर भोलि ती समूहले निष्कर्ष सुनाउने कार्यतालिका छ । यी २५ वटै समूहमा नेता देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदा प्रतिवेदनमाथि पनि छलफल हुनेछ ।

हेर्नुहोस् स्थान र समूहको समन्वय गर्ने जिम्मेवारी :- 

समूह १
सहभागी : ज्येष्ठ कम्युनिस्ट मञ्च
समन्वयको जिम्मेवारी : एनके प्रसाईं

समूह २ र ३
सहभागी : सल्लाहकारहरू
समन्वयको जिम्मेवारी : नन्दकुमार थापा

समूह ४ र ५
सहभागी : प्रदेश १ का प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : हर्क नेम्वाङ

समूह ६ र ७
सहभागी : प्रदेश २ का प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : गणेश साह

समूह ८ र ९
सहभागी : लुम्बिनी प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : चक्रपाणि खनाल

समूह १० र ११
सहभागी : गण्डकी प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : गायत्री गुरुङ

समूह १२
सहभागी : प्रवास प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : लक्ष्मण पन्त

समूह १३ र १४
सहभागी : कर्णाली प्रदेशका प्रतिनिधिहरू
संयोजन गर्ने जिम्मेवारी : विमला केसी

समूह १५ र १६
सहभागी : सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : खगराज भट्ट

समूह १७ र १८
सहभागी : सम्पूर्ण विभागका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मवारी : मायाप्रसाद शर्मा

समूह १९
सहभागी : उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : जगत सिंखडा

समूह २० र २१
सहभागी : सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : कृष्ण अधिकारी

समूह २२ र २३
सहभागी : बागमती प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : सरल सहयात्री

समूह २४
सहभागी : आयोगका सदस्यहरू
समन्वय गर्ने जिम्मेवारी : विष्णुपुकार श्रेष्ठ

समूह २५
सहभागी : जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : अमृता थापामगर

प्रकाशित मिति : मंगलबार, पुष १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij