बुटवल -हिमालयन जनरल ईन्सोरेन्स कम्पनी लिमिटेड को २८ औं बार्षिक उत्सवमा बुटवलमा रक्तदान गरिएको छ । सो कम्पनीको बुटवल शाखाले आफ्नो संस्थाको स्थापना दिवशका अवसरमा रक्तदान गरेको हो । रक्तदान जिवनदान भन्ने नाराका साथमा कार्यक्रम गरिएको बुटवल शाखाका प्रमुख शंकर श्रेष्ठले बताउनु भयो । रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कम्पनीको बुटवल राजमार्गा चौराहमा रहेको कार्यालयमै रक्तदान गरिएको हो । सो अवसरमा ४० युनिट रगत संकलन भएको थियो । सो अवसरमा कम्पनीको बुटवल शाखा प्रमुख श्रेष्ठले संस्थाका कर्मचारी एवं शुभेच्छुकहरुको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको बताए । पहिलो पटक आयोजना गरेको कार्यक्रमा पनि निकै उत्साहजनक रुपमा सहभागिता रहेकोले होसला थपेको उनको भनाई रहेको छ । सो अवसरमा रक्तदाताहरुलाई शाखा प्रमुख श्रेष्ठ रंक्त संचार केन्द्रका वरिष्ठ प्राविधिक राधा शर्माले प्रमाण पत्र वितरण गरेका थिए ।
प्रकाशित मिति : मंगलबार, पुष १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्