माओवादी महाधिवेशनमा टोली नेताले सुझाव दिने क्रम सकियो, भोलि प्रचण्डले जवाफ दिने

माओवादी महाधिवेशनमा टोली नेताले सुझाव दिने क्रम सकियो, भोलि प्रचण्डले जवाफ दिने

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत निष्कर्ष सुनाउने तथा सुझाव दिने क्रम सकिएको छ ।

काठमाण्डौकाे प्रज्ञा भवन कमलादीमा चलिरहेको बन्द सत्रमा आज बिहीवार थप १४ वटा समूहका टोली नेताले समूहगत निष्कर्ष र सुझाव दिएका हुन् । उनीहरूले उठाएका प्रश्नको जवाफ भोलि शुक्रवार अध्यक्ष प्रचण्डले दिने माओवादी केन्द्रले जनाएको छ ।

अध्यक्ष प्रचण्डले जवाफ दिइसकेपछि प्रतिवेदन पारित गरेर नेतृत्व छनोटको प्रक्रिया सुरु हुने माओवादी केन्द्रले जनाएको छ । आजै नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने तयारी भए पनि अध्यक्ष प्रचण्डले जवाफ दिनका लागि समय मागेपछि नेतृत्व चयन प्रक्रिया भोलि मात्रै सुरु हुनेछ ।

आज नेकपा माओवादी केन्द्रको महाधिवशेनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएको वैचारिक राजनीतिक दस्तावेजमाथि नेता लेखनाथ न्यौपानेल फरक मत राख्नुभएको छ ।

अध्यक्ष प्रचण्डको प्रतिवेदनले समेट्नैपर्ने केही विषय नसमेटेको भन्दै युवा नेता न्यौपानेले फरक मत राख्नुभएको हाे । उहाँले पार्टीमा उच्छृङ्खलता मौलाउँदै गएको, नेताहरू सम्पत्ति केन्द्रित हुँदै गएको, भारतको थिचोमिचोविरुद्ध प्रचण्डको प्रतिवेदन मौन रहेको, पार्टीका गतिविधि दक्षिणपन्थ उन्मुख रहेको लगायतका मत राख्नुभएको छ ।

प्रकाशित मिति : बिहिबार, पुष १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij