लुम्बिनीमा तत्काल सरकार परिवर्तन हुँदैन : मन्त्री शर्मा

लुम्बिनीमा तत्काल सरकार परिवर्तन हुँदैन : मन्त्री शर्मा

लुम्बिनी

लुम्बिनीमा कांग्रेस नेताहरूले सत्ताको नेतृत्व सहमतिअनुसार पाउनुपर्ने विषय उठाइरहेका बेला माओवादी नेता तथा प्रदेशका आन्तरिक मामिला एवम् सञ्चारमन्त्री तिलकराम शर्माले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् ।रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले लुम्बिनीमा अहिले परिवर्तन हुने अवस्था नभएको ठोकुवा गरेका छन्

सहमतिअनुसार फागुनमा माओवादी सरकारको नेतृत्व छोड्नुपर्ने कांग्रेस नेताहरूले बताइरहेका बेला सरकारका प्रवक्तासमेत रहेका शर्माले भने– हामीले बनाएको गठबन्धन होइन, यो राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो । माथिबाट जे निर्णय हुन्छ, यहाँ पनि त्यहि हुने हो, अहिले नै सरकार परिवर्तन हुने अवस्था छैन ।मन्त्री शर्माले केन्द्रीय सरकारदेखि प्रदेशका सबै सरकार गठबन्धनको सहमतिमा बनेका र ती सबै सरकारमा गठबन्धनको सहभागिता रहेकाले पनि लुम्बनी प्रदेश सरकार परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको बताए ।प्रतिगमनविरुद्व राष्ट्रिय आवश्यकताको आधारमा गठबन्धन बनेको बताउँदै उनले भने – व्यक्तिको चाहना र इच्छा हुँदैमा न त सरकार परिवर्तन हुन्छ न त गठबन्धन टुट्छ । मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण संसद चल्न नसक्दा कैयौं काममा अवरोध भएको उल्लेख गर्दै सरकार अब संसद सुचारु गर्ने पक्षमा रहेको बताए । कम्तिमा १५ दिनका लागि भएपनि संसद चलाएर आवश्यक कामहरु अगाडि बढाउने पक्षमा सरकार रहेको बताउँदै संसद सुचारु गर्ने मिति भने मन्त्री शर्माले बताएनन् । अहिले संसद सञ्चालनको लागि विजेनेसको तयारी भइरहेको बताउँदै उनले मन्त्रालयहरुले विजनेस निर्माणको काम गरिरहेको जानकारी दिए

उनले एमसीसीले गठबन्धनको सरकारलाई केही प्रभाव नपार्ने दाबी गर्दै भने– जनता एमसीसीको विपक्षमा भएकाले राष्ट्रको हितमा हुने गरी परिमार्जन गर्नुपर्ने हुन्छ । कोभिड महामारीको अवस्थामा पनि प्रदेश सरकारले विकासका योजनाहरु अगाडि बढाएको बताउँदै ती योजनाहरु समयमा नै सम्पन्न गर्ने दाबी गरे । उनले पूर्ववर्ती सरकारले अगाडि सारेका आयोजनाहरु अगाडि बढेको बताउँदै वर्तमान सरकारले आयोजनाहरुका बजेट कटौती गर्यो भन्ने हल्ला गलत भएको बताए ।लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि केन्द्रीय सरकारले १ अर्ब बजेट दिएको बताउँदै स्थायी राजधानी बनाउने कामले गति लिएको बताए । अहिल्यै राजधानी दाङ नजाने बताउँदै संसद भवन बनिरहेको र अन्य संरचना निर्माणका कामहरु पनि भैरहेको मन्त्री शर्माको भनाइ छ ।कोभिड संक्रमणका कारण विगतका वर्षहरुमा जस्तै यस वर्ष प्रदेश दिवस मनाउन नसकिएको उल्लेख गर्दै भर्चुअलको माध्यमबाट प्रदेश दिवस मनाउने तयारी भएको मन्त्री शर्माले बताए । फागुन ३ गते स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउने तयारी गरिएको र कम उपस्थितिमा दिवस मनाइने उनले जानकारी दिए ।

प्रकाशित मिति : बिहिबार, माघ २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij