आज विश्व क्यान्सर दिवसः सुरुवाती चरणमै रोग पत्ता लागे उपचारपछि निको हुने

आज विश्व क्यान्सर दिवसः सुरुवाती चरणमै रोग पत्ता लागे उपचारपछि निको हुने

काठमाण्डौ ।

आज विश्व क्यान्सर दिवस स् विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘क्यान्सरको उपचारमा पहुँचको दूरीलाई बन्द गरौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।नेपालमा क्यान्सरको क्षेत्रमा सक्रिय सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिसा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको शङ्का गर्न सकिन्छ ।सरकारले क्यान्सर रोग लागेका बिरामीलाई उपचारमा एक लाख रुपैयाँ सहुलियत दिने गरेको छ । साथै प्रदेश सरकार र पालिकाले पनि सहुलियत दिन थालेका छन् । क्यान्सर रोग सुरुवाती चरणमै पत्ता लागे उपचारपछि निको हुने डाक्टरले बताउँदै आएका छन् ।बिरामी भएपछि मात्रै अस्पताल जाने बानीलाई त्यागेर बेला बेला स्वास्थ्य जाँच गर्न पनि डाक्टरको सुझाव छ । क्यान्सर महिला तथा पुरुष दुवैमा देखिन्छ । पुरुषमा फोक्सो, पेट, हड्डी र रगतको क्यान्सर तथा महिलामा मुख्यगरी स्तन क्यान्सर, डिम्बासयको क्यान्सर र पाठेघरको क्यान्सर धेरै देखिने गरेको छ ।विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा ३२ हजार क्यान्सरका बिरामी छन् । तर रोग लुकाउने गर्दा यो सङ्ख्या अझ धेरै रहेको अनुमान छ । क्यान्सर लाग्नबाट जोगिन रक्सी, चुरोट, गुड्खा, चिल्लो, बोसोयुक्त खानेकुरा नखान तथा शारीरिक व्यायाम गर्न डाक्टरको सुझाव छ ।

प्रकाशित मिति : शुक्रबार, माघ २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij