कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकामा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।नगरको वडा नं २ कोठीखोला किनारबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका हुन् । यसरी पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं १४ निवासी ५० बर्षीय बीर बहादुर सोमै र सोही वडाका २८ बर्षीय खेमु मगर रहेका छन् ।
सोमैको साथबाट एक थान खाली भरुवा बन्दुक र मगरको साथबाट एक थान लोडेड भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
वडा नं २ मा अवस्थित मनकामना सामुदायिक वनमा केही व्यक्ति बन्दुकसहित हिडिरहेको छन् भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : शनिबार, माघ २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्