सुकुम्बासी समस्या समाधानको निम्ती स्थानिय तह संग मिलेर काम गरिरहेका छौं:राष्ट्रिय भुमि आयोग रुपन्देहि अध्यक्ष आचार्य

सुकुम्बासी समस्या समाधानको निम्ती स्थानिय तह संग मिलेर काम गरिरहेका छौं:राष्ट्रिय भुमि आयोग रुपन्देहि अध्यक्ष आचार्य

बुटवल -राष्ट्रिय भुमि समस्या समाधान सम्बन्धि जानकारीमुलुक बृहत भेला कार्यक्रम आज सम्पन्न भएको छ ।नेपाली कांग्रेस वडा नम्बर १७ वडा कार्यसमिति बुटवल उपमहानगरपालिका रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय भुमि आयोग रुपन्देहिका अध्यक्ष हरि प्रसाद आचार्य ले लालपुर्जा दिलाउने भुमिकामा आफू रहेकाले सुकुम्बासी समस्या समाधानको निम्ती स्थानिय तह संग मिलेर जोडतोडका साथ काम गरिरहेको बताउनुभयो ।

मोतिपुर क्षेत्रमा वर्षौ देखि कमाएको जग्गा औद्योगिक करिडोरमा पारिएको कुरा गलत र स्थानिय माथि अन्याय भएको बताउदै अब बुटवलमा पनि छिटो भन्दा छिटो काम सुरु गरि पुर्जा बितरण गरिने प्रतिबद्धता जनाउनुभयो।

साथै उहाँले सुकुम्बासी र अब्यबस्थीत समस्या रुपन्देहिको मात्रै नभएर देशकै समस्या भएको ले सबै मिलेर यसको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेको अवस्थामा ३ नगरपालिकामा काम सुरु भए पछि ३ नगरपालिकामा मात्रै किन सुरु भयो भन्ने प्रश्न १३ पालिकाका नागरिकमा सुरु भएको बताउदै उहाँले तिन नगरपालिकाको हकमा सम्झौता भएको कारण परेको र अरु पालिकाको हकमा सम्झौता नभएको कारणले गर्दा यो चरणमा पर्न नसकेको र अहिले बुटवल उपमहानगरपालिकाले पनि सम्झौता गरिसकेकाले अब छिट्टै काम सुरु हुने बताउनुभयो ।

लुम्बिनी प्रदेश सांसद पुष्पा चौधरीले सुकुम्बासी समस्या देशकै समस्याको रुपमा भएकोले प्रदेश मा मात्रै होइन केन्द्र सरकार सम्म नै कुरा उठेको बताउदै यो समस्या समाधान गर्नु पर्ने बताउदै जोतभोग गरेको जग्गा सरकारी निती अनुसार पाउनुपर्ने बताउनुभयो । जनताको हक अधिकार स्थापित र रक्षा गर्नका लागि कांग्रेसनै उत्तम पार्टी भएको उनको भनाइ छ ।

साथै नेपालमा बसोबास गरेपछि नागरिकता लगायत सेवा सुबिधा पाउनुपर्छ भनेर संबिधानमा लेखिएको कुरालाई नेपाली काँग्रेसले मानेको र तिन वर्षको अन्तरालमा कम्न्युष्टको सरकारले संबिधान लाइ कुल्चिएर अगाडी बढेकोे बताउदै २ पटक सम्म प्रतिनिधी सभा बिघटन गर्दा काँग्रेस नै सडकमा उत्रिएको स्मरण गर्दै जनताको साथमा नेपाली काँग्रेस सदैव साथ रहेको बताउनुभयो ।
त्यस्तै नेपाली काँग्रेस क्षेत्रिय सभापति सुशील गुरुङ ले सुकुम्बासी समस्या समाधानको निम्ती नेपाली काँग्रेस संबेदनशिल रहेको बताउनुभयो । नेपालको संबिधानले नै कुनैपनि नेपाली नागरिक भुमिहिन भएर बस्न नपरोस भनेर संबिधान मा नै लेखिएको बताउदै उहाँले त्यसको कार्यान्वयन गर्न काँग्रेस सिंगो पाटि नै जनताको पक्षमा रहेको बताउनुभयो

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश ३ ख शभापती घनश्याम चालिसे ,नेपाली काँग्रेस बुटवल नगर शभापती खेलराज पाण्डे ,नेपाल विद्यार्थी संघ केन्द्रिय उपाध्यक्ष मुक्ती पौडेल, प्रदेश प्रतिनिधी भिम प्रशाद न्यौपाने ,टंक न्यौपाने लगायतले बोल्दै सुकुम्बासी र अब्यबस्थित बसोबासि समस्या समाधानको निम्ती नेपाली काँग्रेस साथमा रहेको बताएका थिए ।कार्यक्रम वडा सभापती ओम घिमिरे को सभापतित्व वडा उपसभापती मान बहादुर गुरुङको स्वागत एवम सचिव कमल गुरुङको संचालनमा सम्पन्न भयो ।

 

 

प्रकाशित मिति : शनिबार, माघ २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij