काठमाडौं ।
नेकपा (एमाले) ले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने गरी सांसदहरूको हस्ताक्षर संकलन गरेको छ । अहिले एमालेको संसदीय दलको बैठक बसिरहेको छ ।
“चार न्यायाधीशविरुद्ध पनि महाभियोग लगाउन सकिने गरी हस्ताक्षर संकलन गरेका छौंँ,” एक सांसदले भने ।
एमालेले संसद् पुनःस्थापना गर्ने चार न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सकिने गरी हस्ताक्षर संकलन गरेको हो ।
सत्ता गठबन्धनमा आबद्ध दलले आइतबार प्रधानन्यायाधीशविरुद्ध महआभियोग प्रस्ताव दर्ता गराएका छन् ।
प्रकाशित मिति : सोमबार, फाल्गुन २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्