बाँकेको कोहलपुर चोकमा ट्रकले च्याप्दा प्रहरी जवानको मृत्यु

बाँकेको कोहलपुर चोकमा ट्रकले च्याप्दा प्रहरी जवानको मृत्यु

काठमाडौं – बाँकेको कोहलपुर चौराहमा ड्युटीमा खटिएका एकजना प्रहरी जवानको ट्रक पल्टिएर च्यापिंदा मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता बीसी रहेकी छन् ।

शम्सेरगञ्जबाट कौशिलानगर बाँके तर्फ जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रक गएराति १० बजे कोहलपुर चौराहमा मोड्ने क्रममा एक्कासी पल्टिंदा बीसी च्यापिएकी थिइन् ।

घाइते भएकी बीसीको उपचारको क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा गएराति सवा १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बाँकले जनाएको छ ।दुर्घटना लगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij