स्थानीय तहकाे निर्वाचन घाेषणाविरुद्धकाे रिटमा आज प्रारम्भिक सुनुवाइ

स्थानीय तहकाे निर्वाचन घाेषणाविरुद्धकाे रिटमा आज प्रारम्भिक सुनुवाइ

काठमाण्डौं । स्थानीय तहको निर्वाचनकाे घाेषणाविरुद्व दर्ता भएको रिटमा आज मंगलबार सर्वाेच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ। सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहकाे चुनाव घाेषणा गरेपनि ०७४ मा दाेस्राे र तेस्राे चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिकाे कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर भएकाे थियाे ।

महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो पेसी आजलाई तोकिएको छ। सर्वोच्च अदालत प्रशासनले सुरुमा उनकाे रिट दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । पछि तर इजलासको आदेशबाट रिट दर्ता भएको हाे । ०७४ मा स्थानीय तहकाे निर्वाचन तीन चरणमा भएकाे थियाे । तर, याे पटक ७५३ वटै स्थानीय तहकाे निर्वाचन एक पटक गर्न लागिएकाे हाे ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij