कञ्चनमा सञ्चालित लायन्स आँखा उपचार केन्द्र प्रभावकारी बन्दै

कञ्चनमा सञ्चालित लायन्स आँखा उपचार केन्द्र प्रभावकारी बन्दै

कञ्चन
लायन्स क्लव अफ कञ्चन हरैयाद्वारा सञ्चालित कञ्चन लायन्स आँखा उपचार केन्द्रमा आँखाका बिरामीहरुका लागि सहज बन्दै गएको छ। गाउमै उपचार केन्द्र सञ्चालनमा आएपछि स्थानिय आँखाका बिरामीहरुमा बढी प्रभावकारी बन्दै गएको हो ।
आँखामा सामान्य चोट वा समस्या आएपनि उपचारका लागि भैरहवा र बुटवल जानु पर्ने थियो तर गाउमै अस्पताल सञ्चालन भएपछि निकै सजिलो भएको कञ्चनकी ६८ बर्षिय गौरिका अधिकारीले बताउनु भयो । गत साउन देखि लायन्स कलव अफ कञ्चन हरैयाले लायन्स आँखा अस्पताल बुटवलको प्राबिधिक सहयोगमा हरेक शनिवार साप्ताहिक आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको हो ।
साप्ताहिक रुपमा २० देखि ३० जना सम्म आँखाका बिरामीहरु जांच गराउदै आएको क्लवका अध्यक्ष शसिधर सापकोटाले जानकारी दिनु भयो । आँखाका बिरामीहरुले आँखाको उपचारसंगै औषधी र आवस्यकता अनुसार चस्मा समेत बुटवल र भैरहवाकै मुलयमा उपलब्ध गराउने ब्यबस्था गरिएको अध्यक्ष सापकोटाले जानकारी गराउनु भयो ।
लायन्स क्लवका सदस्य तथा समाजसेवी किरण के।सी।ले साप्ताहिक आंखा उपचार केन्द्रका आँखा जांच कक्ष र फार्मेसी सञ्चालन गर्न निशुल्क रुपमा कोठा उपलब्ध गराउदै आउनु भएको छ । यस्तै कञ्चन लायन्स आँखा अस्पताल भवन निर्माण गर्न समाज सेवी किरण के।सी। र राम बहादुर के।सीले निशुल्क रुपमा करिब २ कट्ठा जग्गा उपल्ब गराउनु भएको छ।
लुम्बिनी प्रदेशको २० लाख रुपैया र कञ्चन गाउपालिकाबाट प्राप्त ५ लाख रुपैया गरी २५ लाख रुपैयामा अस्पताल भवन निर्माण कार्य शुरु भइसकेको छ। आँखा अस्पताल सञ्चालन भएपछि रुपन्देहीका कञ्चन, गैडहवहा, लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलबस्तुको बाणगंगा लगायतका आँखाका बिरामीहरुले सहजरुपमा सेवा लिन सक्नेछन

प्रकाशित मिति : आइतबार, फाल्गुन १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij