काठमाडौं – प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । प्रतिनिधिसभा बैठकमा आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजीसहित अवरोध कायमै राखेको हो ।
एमालेको अवरोधकाबिच बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेस गरे ।

पार्टीले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले कारबाहीको सूचना निकाल्नुपर्ने माग राख्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । कारबाही नगर्ने अवस्थामा एमालेले सभामुखको राजीनामा माग गरेको छ । माग सम्बोधन नभए संसद् चल्न नदिने अडानमा एमाले यथावत् छ ।
प्रतिनिधिसभाको आगामी बैठक फागुन २२ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्