वेस्टर्न मेगा कलेजमा बि.एच.एम वर्ष २०२२ को अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजमा बि.एच.एम वर्ष २०२२ को अभिमुखीकरण कार्यक्रम सम्पन्न

 

बुटवल

बुटवल१५, ढवाहामा अवस्थित नेपालकै पहिलो स्कुटल यस वेस्टर्न मेगा कलेजमा वर्ष २०२२ का लागी बि.एच.एममा भर्ना भएका नवआगन्तुक बिद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा रुपन्देही स्थित टाईगर प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा बिद्यार्थीहरुलाई ४ वर्षे बि.एच.एम. मा अध्यन गराईने कोर्ष करिकुलम अन्र्तगतका शैक्षिक तथा प्रयोगात्मक बिषयहरु, कलेजले गराउने शैक्षिक भर्मण, इभेन्ट म्यानेजमेन्ट,होटल भर्मण, वाईनेरी भर्मण तथा इन्टर्नसिप बारेमा परिक्षण दिईएको हो ।कार्यक्रमका प्रमुख अतिथी, प्रदेश शिक्षा निर्देशनालय लुम्बिनी प्रदेशका प्रमुख श्री मनोज गैरे ज्युले नेपालमा प्रयोगात्मक सिकाईका कक्षाहरुले बिद्यार्थीहरुको वृतिबिकासमा बिषेश योगदान पुरयाउने वारे प्रकास पार्नु भयो । कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई होटल व्यवस्थापन विषय अध्धयनको महत्व तथा बिद्यार्थीहरुले आत्मसाथ गर्नुपर्ने हस्पिटालिटी अनुसाशनको वारेमा कार्यक्रमका बिशिष्ठ अतिथि नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टका बरिष्ठ प्रशिक्षक मनराजा खत्री ज्यु तथा टाईगर प्यालेस रिर्सोटका फुड एण्ड बेभरेज म्यानेजर गोबिन्द लुईटेल ज्युले प्रशिक्षण दिनु भयो । त्यस्तै बिद्यार्थीको पठनपाठन तथा कलेजले संचालन गर्ने अन्य गतिबिधिहरुको वारेमा कलेजको प्रयोगात्कम संयोजक श्री सुमित रिजाल ज्युले प्रशिक्षण दिनु भयो ।

कार्यक्रममा बोल्दै कलेजका प्राचार्य श्री प्रसाद भटराईले कलेजले शैक्षिक सफलता लगायत हाल सम्म आईपुग्दा कलेजले प्राप्त गरेका उपल्बधीहरु् बारे प्रकास पार्नु भयो । कार्यक्रममा संस्थापक अध्यक्ष बाबुराम महत क्षेत्रीले बिद्यार्थीको अनुशासन र सिकाई तथा कलेज व्यवस्थापन र प्रशाशन बिचको अन्र्तसम्बन्ध तथा महत्वको वारेमा आफना बिचारहरु राख्नु भएको थियो ।

कार्यक्रममा आरम्भम गुप अफ हस्पीटालिटीका अध्यक्ष मेघराज पन्थले निकट भविष्यमा यस कलेजलाई लुम्बिनी प्रदेशकै हस्पिटालिटी क्षेत्रको शैक्षिक हबको रुपमा व्यवस्थापन गर्न कलेजकै आफ्नो पाँँचतारे होटल निर्माण गरि संचालन गर्ने र बि.एच.एम अध्यन पश्चात बिद्यार्थीको भविष्य उज्ज्वल बनाउने तर्फ व्यवस्थापन पक्ष कटिबद्ध रहेको जानकारी गराउनु भयो ।

अतिरिक्त कृयाकलाप प्रमुख शिक्षक सौगात लामिछाने र सुधन धिमिरेको संयोजकत्व तथा शिक्षक प्रेम पोख्रेल र कल्पना न्यौपानेले संचालन गरेको यस कर्यक्रममा संचालक समिती सदस्य गोपाल पाण्डे, अंकन बा. थापा, पारेश्वर आर्याल, सल्लाहकार महेन्द्र पुरी, आन्तरीक लेखा समिति संयोजक लाल बा. गुरुङ, सदस्य सरस्वती गिरी, युवराज पन्थ लगायत कलेजको सह—प्राचार्य अधिवक्ता किसु शर्मा, शिक्षक डा. अशोक भण्डारी, ई. राम प्रसाद जोसी, प्रिया थापा, कबिराज गिरी, सुरज पौडेल, रामकेस यादव, सह—प्रशासन प्रमुख समिक्षा पोर्खेल, लेखा प्रमुख रमा धिमिरे, सुचना प्रबिधि प्रमुख सागर त्रिपाठी, अनुसासन बिभाग प्रमुख सेफ बिकास खत्री, लाईबे्ररी प्रमुख सुस्मिीता गुवाजु, स्टोर प्रमुख कौषल थापा, बर्षा पाण्डे लगायतका अन्य प्रशासनिक कर्मचारीहरुको उपस्थिती रहेको थियो ।बि.एच.एम तथा एम.बि.एको अध्यापनहुने यस वेस्टर्न मेगा कलेज शैक्षिक अन्तराष्ट्रिय शैक्षिक गुणस्तर प्राप्त यस क्षेत्रको एक मात्र कलेज हो । शैक्षिक कार्यक्रममा किताबि ज्ञानलाई मात्र पर्याप्त नठानी प्रयोगात्मक सिकाई, अनुसासान, नैतिक तथा सामाजिक उत्तरदयित्व समेतका विषयहरुलाई यसले आत्मसाथ गरेको यस कलेजवाट अध्ययन गरि दिक्षित भएका बिद्यार्थीहरुको अहिलेको अवस्था—बस्तुस्थितीहेरी बुझन सकिने कुरा कलेजका सह—प्राचार्य अधिबक्ता किसु शर्माले जानकारी गराउनु भयो । ८५ जना बिधार्थीहरुलाई यस वर्ष अभिमुखिकरण कार्यक्रममा सहभागी गराएको यस कलेजमा हाल सम्म १५० जना बिद्यार्थीहरुले अध्यन गरि दिक्षित भई नेपाल लगायत भारत, अमेरीका, अस्ट्रेलिया, क्यानेडा, दुबई, थाईलैण्ड, मलेसिया तथा मालदिप्समा हस्पिीटालिटी, बितिय तथा व्यवस्थापन क्षेत्रका कम्पनीहरुमा कार्यरत रहेको समेत सह—प्राचार्य शर्माले जानकारी गराउनु भयो ।

कार्यक्रममा कलेजमा बि.एच.एम दोश्रो, तथा चौथो सेमेस्टरमा अध्यनरत बिधार्थीहरुले बिभिन्न किसीमका संस्कृतिक नृत्य तथा गायनहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij