काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन अन्त्य गरेकी छन् । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन राति १२ बजेदेखि अन्त्य गरेकी संघीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयद्वारा जारी सूचनापत्रअनुसार गत फागुन २९ गते प्रतिनिधिसभाबाट यही चैत २ गते बुधबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक र माघ १६ गतेदेखि अर्काे सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभा बैठकसमेत अन्त्य भएको छ । प्रतिनिधिसभाको चालु दशाैं अधिवेशन मंसिर २८ गते प्रारम्भ भएको थियो ।
प्रकाशित मिति : बुधबार, चैत्र २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्