बुटवल
बुटवल उपमहानगरपालिकामा पर्ने तामनगर–फर्साटिकर सडकमा रहेको दावन दिनमा निर्माण सम्पन्न पुलको उद्घाटन गरिएको छ । उक्त पुलको शनिबार गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँणले उद्घाटन गर्नुभएको हो । पुल उद्घाटन गर्दै उहाँले तोकिएकै मितिमा चुनाव हुने दावी गर्दै प्रचारमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन गर्नुभएको छ । शनिबार गृह जिल्ला रुपन्देहीको बुटवल तामनगर–फर्साटिक सडकमा निर्मित दानव नदि पुलको उद्घाटन गर्दै उहाँले तोकिएकै मिति बैशाख ३० मा चुनाव हुने बताउनु भएको हो ।
उहाँले सरकारले तोकिएकै मितिमा चुनाव हुने बताउँदै चुनाव हुन्छ की हुन्न भन्ने दोधारमा नरहन र चुनावको प्रचारमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन गर्नुभएको हो । त्यस्तैगरी उहाँले अमेरिकी सहयोग परियोजना एमसिसि नेपालको हितमा भएको पनि बताउनु भयो । उहाँले पार्टीका नेता कार्यकर्तालाई एमसिसि नेपालको हितमा रहेको भन्दै प्रचार गर्न पनि आग्रह गर्नुभयो ।
एमसिसि नेपालको विद्युत विकासमा कोशेढुंगा सावित हुने बताउँदै नेपालमा प्रसस्त विद्युत उत्पादन गर्न सके ईन्धनमा आयात प्रतिस्थापन गर्न सकिने भन्दै एमसिसि बिरुद्ध फैलाईएको भ्रमलाई चिर्न आग्रह गर्नुभयो ।
गृहमन्त्री खाँणले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र पूर्ववर्ती सरकारले जसरी अगाडि बढाएको छ, हुवहु कार्यान्वयन नहुने पनि बताउनु भयो । उहाँले वर्षौदेखि बसेकालाई व्यवस्थित गरेर मात्रै औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाईने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले कोरोना महामारीका बिचपनि सरकारले विकासका काम नरोकेको बताउँदै समग्र लुम्बिनी प्रदेशको बिकासको नेतृत्व लिन गृहमन्त्री खाँणलाई आग्रह गर्नुभयो ।
त्यस्तैगरी बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले समग्र जिल्लाको विकासको लागि सबै राजनीतिक दल मिलेर काम गर्नुपर्ने भनाई राख्नुभयो ।
सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीका अनुसार तामनगर–फर्साटिकर सडकमा निर्माण सम्पन्न १२७।१ मिटर लामो पुल निर्माणको लागि २०७४ असारमा श्री अर्घाखाँची बागलुङ जेभीले ठेक्का लिएको थियो भने २०७७ माघमा निर्माण सम्पन्न भएको थियो ।
प्रकाशित मिति : शनिबार, चैत्र ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्