तिलोत्तमा -नेकपा एमालेको भातृ संगठन रिटर्नी फेडेरेसन नेपालको तिलोत्तमा वडा नम्बर ११ वडा कमिटी गठन भएको छ । रिटर्नी फेडेरेसन नगर अध्यक्ष सन्तोष अर्यालको अध्यक्षतामा शनिबार भएकाे कार्यक्रममा २७ सदस्यीय कमिटी गठन भएकाे हाे । कमिटीमा अमृत केसी अध्यक्ष सहित २७ सदस्यीय कमिटी गठन गरिएकाे छ । यस्तै उपाध्यक्षमा खुमाकान्त डुम्रे , सचिवमा विवेक न्याैपाने चयन हुनुभएकाे छ भने सहसचिवमा अशाेक गाैड्याल साथै सदस्यमा प्रकाश तिवारी लगायत चयन हुनुभएकाे हाे । भविश्वर पाण्डेको स्वागत मन्तव्य रहेकाे कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले जिल्ला सदस्य राधा थापा , कमल गाैतम लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा गाेबिन्द पाैडेलले सहजीकरण गर्नुभएकाे थियाे । नेकपा एमालेको भातृ संगठन यसलाई कान्छो संगठन भनेर पनि बुझ्ने गरिन्छ यो विदेशबाट आएका युवाहरूकाे संगठन हो । यसबाट युवाहरुले सिकेको सीपलाई व्यवसायिक रूपमा अगाडि बढाइने छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्