काठमाण्डाै – स्थानीय तहको चुनावमा आफ्नै दलको चुनाव चिह्न लिनका लागि ५८ वटा साना दलले विवरण पेस गरेका छन् ।
राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ वटा दललाई आफ्नै चिह्नबाट चुनाव लड्नका लागि आयोगले यही चैत ६ गतेसम्म जिल्लाको सक्रिय सङ्गठन र जिल्ला समितिको विवरण पेस गर्न समय दिएको थियो ।
अहिलेसम्म ५८ वटा दलको विवरण प्राप्त भएको र केहीको विवरण जिल्ला निर्वाचन कार्यालयले पठाउने क्रममा रहेका आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो । प्राप्त भएको विवरण अध्ययन गर्ने र जुन–जुन जिल्लामा सङ्गठन र समिति छ, ती जिल्लामा मात्रै दलका उम्मेदवारले चुनावमा आफ्नै दलको चुनाव चिह्न पाउनेछन् ।
यसैबीच निर्वाचन आयोगले निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा ल्याउने भएको छ । यही चैत १५ गतेदेखि चल्ने गरी आयोगले ११०२ नम्बरको टोल फ्री नम्बर सञ्चालनमा ल्याउन लागेको हो । टोल फ्री नम्बरमा मतदाता, राजनीतिक दल, उम्मेदवार लगायतले स्थानीय तहको चुनावसम्बन्धी जिज्ञासा, गुनासो र प्रश्न राख्न सक्नेछन् ।
यही वैशाख ३० गते हुने स्थानीय तहकाे चुनावका लागि आयाेगले तीव्र गतिमा तयारी गरिरहेकाे छ ।
प्रकाशित मिति : सोमबार, चैत्र ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्