२०७९/८० को बजेट कस्ताे हुनुपर्छ ? ११३८ मा फोन गरेर मन्त्रालयलाई सुझाव दिन सकिने

२०७९/८० को बजेट कस्ताे हुनुपर्छ ? ११३८ मा फोन गरेर मन्त्रालयलाई सुझाव दिन सकिने

काठमाण्डाै – अर्थ मन्त्रालयले आउँदाे आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका लागि सुझाव सङ्कलन गर्न टोल फ्री नम्बर ११३८ सञ्चालनमा ल्याएको छ ।

 

आउँदाे आर्थिक वर्षकाे बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले विषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधिबाहेक दुरदराजका सर्वसाधारणको सुझावसमेत सङ्कलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्री नम्बर ११३८ सञ्चालनमा ल्याएको हो । मन्त्रालयका अनुसार कार्यालय समयमा फोन गरी सर्वसाधारणले आफूलाई लागेको सुझाव टिपाउन सक्ने व्यवस्था गरिएको छ ।

 

त्यस्तै मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन’ मा क्लिक गरेर पनि सुझाव पेस गर्न सक्ने व्यवस्था गरिएको छ भने इमेलमार्फत ([email protected]) सुझाव पेस गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

 

बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन उद्योगी, व्यवसायी, बुद्धिजीवी, राजनीतिज्ञ, समाजसेवी, पेसाकर्मी, सञ्चारकर्मी, आम नागरिक एवम् सरोकार राख्ने सबैको सुझाव महत्त्वपूर्ण हुने भएकाले बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयवस्तुहरू चैत मसान्तभित्र लिखित वा मौखिक (टेलिफोन) रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयले आग्रह गरेको हो ।

 

मन्त्रालयले अहिले कृषि, शिक्षा, बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्र, निजी क्षेत्र, अर्थविद् लगायतसँग नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव सङ्कलन गरिसकेको छ । मन्त्रालयले हप्तामा दुई वटासम्म छलफल आयोजना गरी विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला क्षेत्रका प्रतिनिधिबाट बजेटबारे सुझाव सङ्कलन गरिरहेको छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij