काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्ली पुगेका छन्। तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री देउवा शुक्रबार अपरान्ह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले प्रधानमन्त्री देउवासहितको टोलीलाई स्वागत गरे । शुक्रबार देउवा चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्ने बताइएको छ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नयाँदिल्ली पुगेका प्रधानमन्त्री देउवासँग आजै अपराह्न साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशङ्कर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा पत्नी एवम् कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा, कृषी मन्त्री महिन्द्र राय यादव र विभिन्न मन्त्रालयका सचिवलगायत सहभागी छन्।
प्रतिक्रिया दिनुहोस्