बुटवल – वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको मिति नजिकिएसंगै नेपाली कांग्रेसले वडा तहमा प्रचार कार्यालयहरु स्थापना गर्ने कार्यलाई तिब्रता दिएको छ । रुपन्देहीका सबै वडामा प्रचार कार्यालय स्थाना गर्ने काम समेत सकिएको कांग्रेस रुपन्देहीले जनाएको छ । प्रचार कार्यालय स्थापना भएसंगै अब भने घर घरमा प्रचारका लागि हिड्ने कार्यक्रमको तयारी रहेको छ । कांग्रेसका केन्द्रिय समितिले तय गरेको कांग्रेस जिताउन घर घर जांऔं अभियानलाई घर घरमा पुर्याउनका लागि प्रचार कार्यालय मार्फत व्यवस्थीत गरिएको हो । यसैक्रममा नेपाली कांग्रेस वडा न ८ को प्रचार कार्यालयको आईतबार एक कार्यक्रमका विचमा उद्घाटन भएको छ । नेपाली कांग्रेस रुपन्देहीका सभापती रामबृष्ण्खा खांणले एक समारोहका विच कार्यालयको उद्घाटन गरेका हुन् ।बुटवल ८ सुख्खानगरमा स्थापना गरिएको कार्यलयबाट अव निर्वाचनको प्रचार प्रसार र तयारीका सबै कार्य गरिने भएको छ । वडा सभापती यज्ञ प्रसाद पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खांणले जनताको पहिलो सरकार भनेकै स्थानिय सरकार भएकोले नेपाली कांग्रेसको नेतृत्वमा स्थानिय सरकारमा जित हासिल गर्न आवश्यक भएको बताए । उनले कांग्रेस स्थानिय सरकारमा नेतृत्व गरेमात्र जनतालाई राहत मिल्ने दावी गर्दै त्यसका लागि हरेक तहका कार्यकर्ताहरु निर्वाचनको माहोल निमार्णमा होमिनु पर्ने बताए । कार्यक्रमा नेपाली कांग्रेसका क्षेत्रिय सभापती हरि लम्शाल, भुमी आयोगका जिल्ला अध्यक्ष हरि वहादुर आचार्य क्षत्री, प्रदेश सदस्य कल्पना घिमिरे, प्रदेश क्षेत्रिय सभापती परशुराम ढकाल, नगर सभापती खेलराज पाण्डे, माया गौतम, नर वहादुर रजाली लगायतले बोलेका थिए ।
प्रकाशित मिति : आइतबार, चैत्र २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्