बुटवल
रुपन्देही जिल्लामा हालै सरुवाभई आउनुभएका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीलाई बुटवल उद्योग वाणिज्य संघमा स्वागत गरिएको छ । उहाँको स्वागतमा संघमा आयोजना गरिएको कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा, चोरी नियन्त्रण, औद्योगिक तथा व्यवसायिक वातावरणलाई चुस्त बनाउन आग्रह गरिएको थियो ।
त्यस अवसरमा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा गरेको योगदानको बारेमा जानकारी गराउँदै यहाँको शान्ति सुरक्षा, चोरी नियन्त्रण तथा उद्योगी तथा व्यवसायीहरुले शान्ति सुरक्षाको अनुभूति गर्नेगरी सुरक्षा रणनीति लिन आग्रह गर्नुभयो ।
कार्यक्रममा संघका सल्लाहकार तथा पूर्व अध्यक्षहरु, कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम संघका महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।
प्रकाशित मिति : मंगलबार, चैत्र २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्