बुटवल
नेपाली काँग्रेस लुम्बिनी प्रदेशको मुख्य सचिवमा नेपाली काँग्रेस रुपन्देहीका पुर्व सहसचिव मोहन शर्मा मनोनयन हुनुभएको छ ।
नेपाली काँग्रेसको विधान २०१७ संसोधन सहित नियमावली २०७६ को परिच्छेद १६ को नियम ४६ को उपनियम २ ग बमोजिम शर्मालाई प्रदेश सभापति एवं संविधानसभा सदस्य अमरसिंह पुन मगरले नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको मुख्य सचिवमा मनोनयन गर्नुभएको हो ।
चैत्र २३ गते शर्मालाई मुख्य सचिवमा नियुक्त गर्दै प्रदेश सभापति पुनले नेपाली काँग्रेस पार्टी संगठनलाई थप सुदृढ एवं गतिशिल वनाउन महत्वपुर्ण सहयोग र सक्रियता रहने विशवासका साथ सफलताको शुभकामना ब्यक्त गर्नुभएको छ ।
काँग्रेस प्रदेश कार्यसमितिको मुखय सचिवमा मनोनित शर्मा २०४६ सालको जनआन्दोलनमा नेपाल बिद्यार्थी संघ रुपन्देही जिल्ला सभापतिको हैसियतले अग्रमोर्चामा रहेर सफल नेतृत्व गर्नुभएको थियो । नेपाली काँग्रेस रुपन्देहीको दुई कार्यकाल सहसचिव हुनुभएका शर्मा तिलोत्तमा नगरपालिकाको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसको तीन कार्यकाल क्याम्पस प्रमुख हुनुभयो । उहां समाजशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्