तिलोत्तमा
यतिबेला गाँउ नगर जताततै आशन्न स्थानिय निकायको चुनावको लागि राजनितिक दलका नेताहरुबीच आन्तरिक दौडधुप तिब्र बन्दै गएको छ । रुपन्देहिको तिलोत्तमा नगरपालिका ३ मा नेपाली कांग्रेसको तर्फ बाट कल्याण प्रसाद पौडेल वडा अध्यक्षमा नाम सर्वसहमत पारित भएको छ । २०७९ बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा तिलोत्तमामा पनि पाँच दलले गठबन्धन गर्ने भएका छन् । लामो समयदेखि नेपाली काँग्रेसको राजनितिमा सक्रिय रहेका पौडेल काँग्रेस तिलोत्तमा नगर उपसभापति हुन ।
२०३० साल भदौ ५ गते स्याङजा जिल्लाको आँधिखोला –हालको) मा जन्मीएका पौडेल २०५१ साल देखि नेपाली काँग्रेस रुपन्देहीमा क्रियाशिल कार्यकताको रुपमा रहदै आएका छन् । करिब ५ हजार ६ सय ६८ भोटर रहेको यस वडामा अध्यक्ष भै सहमति, सहकार्य र एकताका साथ समृद्ध वडा बनाउने दावी उनको छ ।
२०७६ देखि बि .पि बिचार नगर सभापति रहेका पौडेल यस अघि शंकरनगर गाँउ कमिटि सदस्य, एवं संगठन विभाग सदस्य भै काम गरिसकेका छन् । नेपाली काँग्रेसको १३ औ महाधिवेशनमा नगर कोषाध्यक्षमा पराजित भएका पौडेल यस अघि २०७४ सालको चुनावमा पनी वडाध्यक्षमा झिनो मतान्तरले पराजित हुनुपरेको थियो ।
नेपाली काँग्रेसका पाका पुराना र सबैले चिनेका नेताका रुपमा चिनिएका कल्याण पौडेल मुलुक समृद्ध बनाउन नयाँ सोच र जोस भएका युवा आवश्यक रहेकाले पद भन्दा माथि वडा बासीको सुख दुखको साथि बन्ने दावी पनि उनको छ । यतिबेला चुनावी सरगर्मि तातीरहेका बेला वडामा र टोल टोलमा सकृय कार्यकर्तालाई जिम्मेवारी सहित कार्य बाँडफाँड गरी वडामा रहेका नेपाल महिला संघ, नेपाल तरुण दल लगायतका भातृ संस्थामा आबद्ध सदस्यहरु लाई सकृय रुपमा परिचालन गरी चुनावको प्रचार प्रसारमा खटिएका छन् ।
प्रकाशित मिति : शनिबार, बैशाख ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्