आजसम्म ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छापियाे : आयाेग

आजसम्म ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छापियाे : आयाेग

काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनावका लागि आज साेमवारसम्म ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छापिसकेकाे जनाएकाे छ । नियमित पत्रकार सम्मेलन अन्तर्गत आज साेमवारकाे कार्यक्रममा आयाेगका प्रवक्ता पाैडेलले एक करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा अहिलेसम्म त्याे परिणाममा मतपत्र छापिसकिएको बताउनुभयो ।

 

यसैबीच निर्वाचन आयोगले भाेलि मङ्गलवार (वैशाख ६ गते) राष्ट्रिय सञ्चारमाध्यमका चुनावसम्बन्धी रिर्पोटिङ गर्ने समाचारदाता र फोटो पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएको छ । यसअघि आयोगले प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

 

त्यसैगरी आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइन बोर्ड, लेटर प्याड र छापको नमुना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पनि पत्राचार गरेको छ । साइन बोर्ड, लेटर प्याड र छाप सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा एकरूपता ल्याउनका लागि ती सबैकाे नमुना पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।

 

यस्तै आयाेगले स्थानीय तह निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने समाचार र सूचनाको आधारमा विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेस गर्न पत्राचार गरेको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij