रेशम चौधरीले लिए थारू भाषामा शपथ

रेशम चौधरीले लिए थारू भाषामा शपथ

काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले बिहीबार सपथ ग्रहण गरेका छन्।

उनले थारू भाषामा शपथ ग्रहरण गरेका हुन्।

सभाभुख कृष्णबहादुर महराले चौधरीलाई सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण गराएका हुन्।

महराले सांसद चौधरीले शपथ ग्रहण गर्न बाँकी रहेको भन्दै उनलाई शपथ ग्रहण गराउन अनुरोध गरेका थिए। त्यसलगत्तै उनको शपथ ग्रहण सुरु भएको थियो।

यसअघि सांसदको प्रमाणपत्रमा हस्ताक्षर गरेपछि सभामुख महराले सांसदको लोगो हस्तान्त्रण गरेका थिए।

चौधरीको शपथ ग्रहणमा सभामुख महरा, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, सांसदहरू राजपा राजेन्द्र महतो, महन्त ठाकुर, अनिलकुमार झा, नेकपा सुवासचन्द्र नेम्वाङ, देव गुरूङलगायत संसद सचिवालयका पदाधिकारी उपस्थित रहेका थिए।

२०७२ भदौ ७ गते थरूहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालकको हत्या गरेको आरोपमा जेल जीवन बिताइरहेका थिए।

डिल्ली बजार कारागारबाट ल्याएर उनलाई शपथ ग्रहण गराइएको हो। शपथ ग्रहण लगत्तै उनलाई पुनः डिल्लीबजार कारागारमै पठाइने संसद सचिवालयले जनाएको छ।

संघीय संसदको नियमावली २४४ को ३ अनुसार चौधरी संसद बैठकमा भने सहभागी हुन नपाउने व्यवस्था रहेको संसद सचिवालयले जनाएको छ।

प्रकाशित मिति : बिहिबार, पुष १९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij