लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीको साधारणसभा तथा अधिवेशन

लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीको साधारणसभा तथा अधिवेशन

बुटवल,

लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ रुपन्देहीको सातौ साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । संघका अध्यक्ष प्रताप परियारको अध्यक्षतामा भएको कार्यक्रममा टेलरिङ्ग व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शदिस श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै श्रेष्ठले सीप र कलाका धनी सिलाई व्यवसायीको हक अधिकारका लागि व्यवसायीहर एकजुट हुनुपर्नेमा जोड दिए । उनले लुम्बिनी प्रदेशको रुपन्देही शाखाले सदस्य व्यवसायीको लागि सिपमुलक तालिम प्रदान गरी उत्कृष्ट कार्यमा अब्बल भएको बताए ।

त्यस्तैगरी टेलरिङ्ग व्यवसायी महासंघका केन्द्रीय महासचिव पूर्ण महर्जनले सिलाई व्यवसायीको हकहितका लागि राज्यले चासो नदेखाएको बताए । उनले व्यवसायीले नै घरबहाल कर तिर्नु परेकोले झन समस्या थपिएको बताए । संघका कोषाध्यक्ष जित बहादुर रायमाझीले आर्थिक प्रतिवेदन र सचिव कमल छिनालले संघका कार्ययोजना तथा चुनौतीबारे प्रकाश पारेका थिए । कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको थियो । लोक तथा दोहोरी गायक नारायण विपी परियार, डान्सर शुशिला नेपालीलगायतले आफ्नो प्रस्तुती राखेका थिए । सोही कार्यक्रममा संघले आफ्ना व्यवसायी सदस्यहरुलाई कदरपत्रले सम्मान गरेको छ ।

 

संघका अध्यक्ष प्रताप परियारले व्यवसायीको हकहितमा आफु सधै प्रतिबद्ध भएको बताए । उनले आफ्ना व्यवसायी सदस्यहरुलाई आगामी वर्ष पनि सीपमुलक तालिम प्रदान गर्ने र म भन्दा पनि हामी भनेर संस्थाको हितमा काम गर्ने व्यक्ति सधै सफल हुने र संस्थाको नेतृत्व पनि लिन सक्ने बताए । संघका वरिष्ठ उपाध्यक्ष शम्भु राईको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन पत्रकार तथ कुशल उद्घोषक अनिल सुनामले गरेका थिए ।

 

कमल छिनालको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व

सातौ साधारणसभा तथा दोस्रो अधिवेशनबाट कमल छिनालको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतरुपमा चयन भएका छन् । जसको वरिष्ठ उपाध्यक्षमा जीत बहादुर रायमाझी, उपाध्यक्षमा मिना चौहान, सचिवमा देवेन्द्र परियार, कोषाध्यक्षमा भीमलाल पाण्डे, सहसचिवमा जगदीश सुनाम चयन भएका छन् ।

 

त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा राजु छिनाल, काशिराम दर्जी, अमर दर्जी, प्काश परियार, टेक बहादुर दर्जी, सन्दीप परियार, सुन्दर परियार, जीवन परियार, नर बहादुर दमाई र रेल बहादुर परियार चयन भएका छन् । नयाँ पदाधिकारी तथा सदस्यहरुलाई कानुनी सल्लाहकार कृष्ण क्षेत्रीले सपथ गराउदै प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

 

प्रकाशित मिति : शनिबार, बैशाख १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij