बुटवल –बुटवल को एक सुन पसलमा तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको छ।घटना बारे सुनचाँदी व्यवसायीहरूले बुधबार मात्र पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । सोमबार राति बुटवल उपमहानगरपालिका–६ स्थित बिपी चोकमा रहेको नन्दराम सुनारको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलमा चोरी भएको हो ।
सिसीक्यामेरा फुटेज हेरेर अनुसन्धान सुरू गरिएको छ। पसल राख्न भन्दै घर भाडामा लिएर उक्त व्यक्तिहरूले चोरी गरेको आशंका छ।
योगेन्द्र अग्रहरिको घर भाडामा लिएर उनीहरूले कपडा पसल राख्न डेकोरेसनको कामसमेत थालेका थिए। भारतीय नागरिकहरू चोरीमा संलग्न रहेको आशंका छ। कपडा पसल राख्न भाडामा लिएकै घरमा सुन पसल पनि थियो।
यस्तै बुटवलका सुनचाँदी पसल आज बन्द रहेका छन् । सुनचाँदी पसलमा चोरी भएको विरोधमा सबै सुनचाँदी पसल बन्द भएका हुन् ।
चोरीमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रशासनलाई दबाब दिनका लागि पसल बन्द गरिएको ब्येवसायीहरु ले बताएका छन् ।
प्रहरीको नाकैमुनी रहेको बिपी चोकबाट सुनचाँदी पसलमा योजनाबद्ध ढंगले चोरी भएकोमा ब्यवसायीहरु असुरक्षित महशुस गरेको सुनचाँदी ब्यवसायी संघका केन्द्रीय सदस्य दिपक बिश्वकर्माले बताए ।
चोरीमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रशासनलाई दबाब दिनका लागि पसल बन्द गरिएको सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष राम किसन विश्वकर्माले बताए ।
सुनचाँदी व्यवसायी संघ बुटवलका अध्यक्ष गोकुल विश्वकर्माले पटकपटक सुनचाँदी व्यवसायी लुटिने क्रम बढेको र कुनै पनि घटनामा पीडितले न्याय नपाएको बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले घटनामा संलग्नहरुको खोजी भइरहेको जानकारी दिए ।

यसअघि चैत्र १७ गते सैनामैना रानीबगिया ीस्थत बाग्लङ शान्तीपुरे सुनचाँदी पसल मा सुन पसलमा लुटपाट गर्न आएकाहरूले व्यवसायीलाई आक्रमण गरी घाइते बनाएका थिए। भने चैत्र २९ गते न्यु पाल्पा भैरव सुनचाँदी पसल बुद्धनगरमा पनि चोरी भएको घटना सार्वजनिक भएको थियो।
प्रकाशित मिति : बुधबार, बैशाख १४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्