तिलोत्तमा वडा नं तीन का उमेद्वार पौडेल ले ल्याए जनताको पक्षको संकल्प प्रस्ताव, कृषि र महिलालाई प्रोत्साहन

तिलोत्तमा वडा नं तीन का उमेद्वार पौडेल ले ल्याए जनताको पक्षको संकल्प प्रस्ताव, कृषि र महिलालाई प्रोत्साहन

तिलोत्तमा

रुपन्देहिको तिलोत्तमा नगरपालिका ३ मा नेपाली कांग्रेसको तर्फ बाट कल्याण प्रसाद पौडेल वडा अध्यक्षमा नाम सर्वसहमत पारित भएपछि घरदैलो अभियान सकृय रुपमा परिचालन भएको छ । यतिबेला गाँउ नगर जताततै आशन्न स्थानिय निकायको चुनावको लागि राजनितिक दलका नेताहरुबीच आन्तरिक दौडधुप तिब्र बन्दै गएको छ । लामो समयदेखि नेपाली काँग्रेसको राजनितिमा सक्रिय रहेका पौडेल काँग्रेस तिलोत्तमा नगर उपसभापति हुन ।
वडा अध्यक्षका उम्मेदवार कल्याण पौडेलले वडा नं तीन मा चुनावी घोषणापत्र सार्वजनिक गर्नु भएको छ । सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा सुशासन, स्वास्थ्य, सरसफाइ, शिक्षा, सामाजिक सुरक्षा, भौतिक पुर्वाधार, कृषि लगायतका बिषय अगाडी सारिएको छ ।
यस्तै हाम्रो सगरमाथा आधारभूत विद्यालयको स्तरोन्नती, अंग्रेजी माध्यमबाट पठन पाठन, सिमानगर खेलकूद मैदानको स्तरोन्नती, खेलाडीहरुलाई प्राविधिक तालिम, खेलकूद सामाग्रीको ब्यवस्था, सबै टोलका सडक विस्तार, कालोपत्रे, सडक तथा सोलार वत्ती जडान, ६० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण लगायतका कार्यक्रम प्रतिवद्धता पत्रमा समेटिएका छन् । त्यस्तै,
ढल तथा फोहोरको ब्यवस्थापन, आवशयक ठाउंमा सार्वजनिक शौचालय निर्माण, सडक चोकमा सिसि टिभी क्यामेरा जडान, पार्किङ्गको ब्यवस्था सहित हाट वजार संचालन, करेशा वारी र कौशी खेतीको प्रवद्र्धनका लागि निशुल्क तालिम र विउ विजनको ,वेरोजगार युवाहरुलाई स्वरोजगार र रोजगारलाई पुरस्कार र प्रोत्साहन गरिने, वडा तथा टोल वासीले छनोट गरेका योजनाहरुलाई उच्च प्राथमिक्तामा राखेर काम गर्ने वडा अध्यक्षका उम्मेदवार कल्याण पौडेलले वताउनु भयो । प्रतिवद्धता पत्रमा उल्लेख गरिएको सबै कार्यक्रमहरु क्रमश ५ वर्ष भित्र पुरा गर्ने पनि पौडेलले प्रतिवद्धता जनाउनु भयो ।

वडा न ३ मा पौडेलको नेतृत्वमा महिला सदस्यमा चुडाकुमारी बिष्ट, दलित महिला सदस्यमा रेखा सार्की, खुला सदस्यमा बिष्णुबहादुर थापा र नारायणबहादुर थापा क्षेत्री उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : बिहिबार, बैशाख २२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij