बुटवल – नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी तीस हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
जग्गाको हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
रायमाझीमाथि थप अनुसन्धान भइरहेको अख्तियार अनुसन्धान आयाेग बुटवलले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ १७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्