बुटवल
प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि तयार गरेको सरकारको नीति तथा कार्यक्रमको मस्यौदा माथि छलफल गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले मंगलबार बुटवलमा अन्तरमन्त्रालय विच प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको मस्यौदा माथि छलफल गरिएको हो ।
प्रदेश सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमको मस्यौदा तयार गरेको छ । अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिईएको थियो । त्यस्तैगरी आगामी नीति कार्यक्रममा पर्यटन, खेलकुद, शिक्षा, औद्योगिक विकास लगायतका कार्यक्रमलाई प्राथमिकता दिईएको एक मन्त्रीले बताउनु भयो ।
सरकारले यहि जेठको २३ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । सोही अनुसार नीति तथा कार्यक्रम र त्यसपछि बजेटमा सरकारका सबै मन्त्रालयहरु केन्द्रीत भएका छन् ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ १७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्