बुटवल
बुटवलमा सञ्चालित धौलागिरी बहुउद्देश्यी सहकारी संस्थाले स्थानीय तहको निर्वाचनमा निर्वाचित तथा सरकारले मनोनित गरेका संस्थाका शेयर सदस्यहरुलाई सम्मान गरेको छ । सहकारी संस्थाको आज बुधबार बसेको विस्तारित बैठकमा उहाँहरुलाई सम्मान गरिएको संस्थाका अध्यक्ष गोविन्द खनालले जानकारी गराउनु भयो ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचिनमा उक्त सहकारी संस्थाका शेयर सदस्यहरु संस्थापक सदस्य तथा संरक्षक रामकृष्ण खाँण तिलोत्तमा नगरपालिका रुपन्देहीका नगरप्रमुख पदमा निर्वाचित हुनु भएको छ । त्यैस्तै संस्थाका सल्लाहका फणेन्द्र शर्मा रुपन्देहीकै सैनामैना नगरपालिकाको नगरप्रमुखमा निर्वाचित हुनु भएको छ ।
संस्थाका अर्का सल्लहाकार हरिबहादुर आचार्य क्षेत्रीलाई सरकारले राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्षमा नियुक्त गरेको छ । त्यस्तै संस्थाका शेयर सदस्यहरु रामप्रसाद अधिकारी सैनामैना नगरपालिका वडा नं. ४ का अध्यक्ष, गोपाल पोखरेल सैनामैना ६ को वडा अध्यक्ष, राजकुमार चौधरी सैनामैना ७ को वडा अध्यक्ष तथा शेयर सदस्य मित्रलाल न्यौपाने तिलोत्तमा नगरपालिका वडा नं. ४ को वडा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
उहाँहरुलाई संस्थाका अध्यक्ष खनालले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । त्यस अवसरमा बोल्दै संस्थाका संरक्षक तथा तिलोत्तमाको नगरप्रमुखमा नवनिर्वाचित खाँणले सहकारीका माध्यमबाट व्यक्ति, समाज हुँदै समग्र अर्थतन्त्रमा योगदान गर्न सकिने बताउनु भयो । त्यस अवसरमा संस्थाका सल्लाहकार युवराज गिरीले बधाई सहित शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम संस्थाका सचिव देवप्रसाद खनालको सञ्चालनमा भएको थियो ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्