बुटवल नगरलाई साझा रूपमा अघि बढाउने छु : प्रमुख पाण्डे

बुटवल नगरलाई साझा रूपमा अघि बढाउने छु : प्रमुख पाण्डे

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले नगरलाई साझा रूपमा अघि बढाउने बताएका छन् ।
नेपाली कांग्रेस निर्वाचन परिचालन समिति बुटवलले गरेको सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले कांग्रेसको सल्लाह र मार्गदर्शनमा सबै दलहरूलाई साथमा लिएर अघि बढ्ने बताए ।
“म नेपाली कांग्रेसको मार्गदर्शनअनुसार गठबन्धनका दलहरू र प्रतिस्पर्धी दलहरूलाई सँगै लिएर हिडेमा मात्रै बुटवल समृद्ध बन्छ,-उनले भने-जनताको सिपाही भएर काम गर्छु, म पार्टीको पनि सिपाही हो, म विधिभन्दा बाहिर जान्न, यसमा पार्टीले साथ र सहयोग गर्नुपर्छ, म सबैलाई साथ लिएर हिड्छु ।”
उनले बुटवलका मुख्य समस्या समाधानका लागि वडास्तरबाट नै समाधानका लागि साथ र सहयोग गर्न आग्रह गरे ।
“म बुटवल नगरको प्रमुखको रूपमा उभिदा तपाईहरूको शिर झुक्न दिने छैन, उनले भने-मलाई चुनाब जिताउन दिनरात नभनेर खटिनेहरूको भावनालाई साथ लिएर हिड्नेछु, बुटवलको खानेपानी, सुकुम्बासी र अव्यवस्थित बसोबासी, मोतीपुर अौ‍द्योगिक क्षेत्र, ज्योतिनगर पहिरो, सडक, तिनाउ नदीको कटान जस्ता क्षेत्रमा काम गर्नुपर्ने छन्, यी सबैलाई क्रमैसँग अघि बढाउनेछु ।”
बुटवललाई आर्थिक केन्द्रको रूपमा स्थापित गर्नका लागि प्रदेश र संघको साथ र सहयोग लिएर अघि बढ्ने उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले बुटवललाई समृद्ध बनाउनका लागि पार्टीको साथ र सहयोग लिएर अघि बढ्न आग्रह गरे । “बुटवललाई समृद्ध बनाउन विजयी भएर नगरमा पुग्नुभएका प्रमुख, वडाध्यक्ष, सदस्यहरूलाई म मेरो स्थानबाट पर्याप्त सहयोग गर्नेछु”-उनले भने ।
निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर कार्कीको अध्यक्षतामा भएको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा कांग्रेस नेताहरू युवराज गिरी, प्रजापाल गिरी, परशुराम ढकाल, ज्योति भण्डारी, विमलराज भट्टराई, काजीमान श्रेष्ठ, बोनिन पिया, जमुना ढकाललगायतले बोलेका थिए ।

प्रकाशित मिति : शुक्रबार, असार ३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij