‘निर्मलालाई सडकको अमर्यादित भीडले न्याय दिने होईन, सरकारले हो’

‘निर्मलालाई सडकको अमर्यादित भीडले न्याय दिने होईन, सरकारले हो’

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले निर्मला पन्त जस्ता छोरीचेलीहरुलाई सडकको अमार्यादित भीडले न्याय नदिने चेतावनी दिएका हुन् ।

उनले आईतबार प्रतिनिधि सभा संसदमा बोल्दै सरकारमाथि विरोध गर्दैमा निर्मला पन्तका आफन्तले न्याय नपाउने दाबी पनि गरेका छन् ।

उनले अहिलेसम्म नेपाल प्रहरीको ९६ प्रतिशत सफलता रहेको बताउँदै केही घटनाहरु अपवादको रुपमा रहेको प्रतिक्रिया दिए ।

उनले निर्मला पन्त जस्ता चेलीबेटीहरुको बलात्कार र हत्याको घटनामा सरकार गम्भीर भएर लागेको भन्दै सडकमा कराउँदैमा कसैले न्याय नपाउने प्रतिक्रिया समेत दिए ।

उनले सरकारको काममा हमला गर्नको लागि धेरै किसिमका आक्रमणहरु भईरहेको भन्दै त्यस्तो काममा नलाग्न सकैसँग आग्रह पनि गरेका छन् ।

उनले आफू नेतृत्वको सरकारले अघिल्लो कार्यकालमा तुईन मुक्त बनाउने घोषणालाई लिएर अनेक अफवाहहरु फैलाएको भन्दै त्यस्ता कामहरु नगर्न समेत सबैलाई आग्रह गरेका छन् ।

उनले धेरैले भएको कामलाई पनि नभएको देखाउन धेरै मानिसहरु सक्रिय रहेको भन्दै उनले आफ्नो कार्यकालमा पहिचान गरिएको १ सय ८७ तुईन मध्ये अहिले सम्म १ सय १३ वटा तुईन विस्थापन भएको तथ्यांक समेत पेश गरेका छन् ।

प्रकाशित मिति : आइतबार, पुष २२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij