काँग्रेसले नाराबाजी गरेपछि संसद बैठक १५ मिनेटको लागि स्थगित

काँग्रेसले नाराबाजी गरेपछि संसद बैठक १५ मिनेटको लागि स्थगित

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्रीको सम्बोधन लगत्तै संसदमा चर्काे नाराबाजी गरेपछि संसद बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्रीको सार्वजनिक महत्वको प्रस्तावमा उठेका प्रश्नको जवाफ पछि थप प्रश्न माग गर्दैै काँग्रेस सांसदहरुले समय दिन आग्रह गरेका थिए ।

सो आग्रहमा पछिल्ला कार्यतालिकामा समय दिन सकिने भन्दै सभामुख कृष्ण बहादुर कहराले अहिले कार्यतालिका नभएको भनेपछि काँग्रेस सांसद्हरु प्रदर्शनमा उत्रिएका हुन् ।

विरोधकाबीच सभामुख महराले संसदको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाललाई निवृत्ति भरण सम्बन्धी विधेयक संसद्मा पेश गर्नको लागि समय दिएका थिए ।

सो समयमा काँग्रेस सांसद्हरुले चर्काे नाराबाजी गरेका थिए ।

सभामुख महराले प्रधानमन्त्रीको संम्बोधनमा प्रश्न गर्नको लागि सीमित सदस्यहरुको लागि मात्रै समय दिने बताएका थिए ।

तर, सीमित सदस्यलाई बोल्न दिएर मात्रै नहुने भन्दै उनीहरुले विरोध गरेका थिए ।

सो लगत्तै सभामुखले आईतबारको शुन्य समयको कार्यतालिका हटाएको घोषणा गर्दै रिजाललाई बोल्न दिएको समय समेत फिर्ता गरेका थिए ।

प्रकाशित मिति : आइतबार, पुष २२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij