देशभर आंशिकदेखि सामान्य बदली रहने, पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रहने, पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडाैं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तर तिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो देशभर सामान्य बदली रहने तथा देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । साथै प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले उल्लेख गरेकाे छ ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशभर केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रकाशित मिति : बिहिबार, असार १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij