काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्न इच्छुक संघ संस्थाहरूसँग आवेदन मागेको छ। बोर्डले सोमबार एक सूचना प्रकाशित गरी असार २६ गतेभित्र आवेदन दिन इच्छुक संघ संस्थाहरूलाई आग्रह गरेको हो।
‘एसइई नतिजासम्बन्धी विवरण परीक्षा नियन्त्रणबाट प्राप्त गरी एसएमएस,आइभिआर टेलिफोन र वेबसाइट सेवाको माध्यमबाट जानकारी दिन इच्छुक संघ‚ संस्था वा कम्पनीले सेवाको विवरण खोली निवेदन दिनुहोला,’ सूचनामा भनिएको छ।
२०७८ सालको एसइई नतिजा यही असार मसान्तभित्र प्रकाशित गर्ने बोर्डको तयारी छ। एसइई गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो। बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्। यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो।
प्रकाशित मिति : सोमबार, असार २० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्