आज राष्ट्रिय सभाको बैठक बस्दै, विभिन्न विधेयक टेबुल गरिने

आज राष्ट्रिय सभाको बैठक बस्दै, विभिन्न विधेयक टेबुल गरिने

file

काठमाण्डाै – संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुनेछ ।

आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ सभा समक्ष टेबुल गर्ने, सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, नेपाल प्रहरी तथा प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक २०७९ र खानेपानी तथा सरसफाई विधेयक, २०७६ टेबुल गर्ने कार्यतालिका छ ।

त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : मंगलबार, असार २८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij