आजदेखि थप ५ जिल्लामा अनलाइनबाट मतदाता नामावली फाराम भर्न पाइने

आजदेखि थप ५ जिल्लामा अनलाइनबाट मतदाता नामावली फाराम भर्न पाइने

काठमाण्डाै – निर्वाचन आयोगले काठमाण्डौसहित आठ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ । निर्वाचन आयोगले काठमाण्डौ उपत्यका बाहिर पाँच जिल्लामा मतदाता नामावलीको लागि अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाएसँगै आठ जिल्लाबाट यो सेवा सुरु भएको हो ।

आयोगका अनुसार आजदेखि  चितवन, कास्की, मोरङ, काभ्रेपलाञ्चोक र झापामा अनलाइन फारम भर्न सकिन्छ । काठमाण्डौ, ललितपुर र भक्तपुरमा भने गएको असार २९ गतेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको थियो । अनलाइन फारम भरिसकेपछि प्राप्त संकेत नम्बर, आवश्यक कागजपत्रसहित फोटो खिच्न र औंठा छापका लागि आयोगको जिल्ला कार्यालयमा जानुपर्दछ । यसअघि नै मतदाता नामावलीमा नाम लेखाइसकेकाहरूले भने फेरि फारम भर्न नपर्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, साउन ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij