भूपु विद्यार्थी समाज पर्रोहा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन : अध्यक्षमा विष्णु खत्री

भूपु विद्यार्थी समाज पर्रोहा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन : अध्यक्षमा विष्णु खत्री

सैनामैना

पर्रोहा बहुमुखी क्याम्पस मुर्गियामा अध्ययन गरेका पूर्व विद्याथीहरुको भेलाले नयाँ नेतृत्व चयन गरेको छ ।

भू.पु विद्यार्थी समाज पर्रोहा बहुमुखी क्याम्पसको भेला एवम् प्रथम अधिवेशनबाट क्याम्पसको शैक्षिक उन्नयन र रचनात्मक क्रियाकलापका लागि विष्णु खत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

नव गठित समितिको उपाध्यक्षद्धयमा अञ्जना खरेल, विजय पाण्डे, सचिवमा शिला खनाल, कोषाध्यक्षमा शिला पचभैया र सह-सचिवमा अस्मित सुबेदी रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा लक्ष्मी कंडेल, श्रद्धा ज्ञवाली, बन्दना न्यौपाने, गिता अधिकारी र विपशा गौतम चयन हुनुभएको हो ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत संयोजक जगन्नाथ गौतमले सपथ ग्रहण गराउनुभयो ।

बधाइ तथा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष खुसीराम चौधरीले रचनात्मक काम गर्न आग्रह गर्दै यसका लागि क्याम्पस सहयोग गर्न तयार रहेको बताउनुभयो ।क्याम्पसबाट अध्ययन पुरा गरि विद्यार्थीहरुले आफ्नो अध्ययनलाई उच्च शिक्षासम्म निरन्तरता दिदैँ रोजगारीमा समेत संलग्न हुन सक्षम भएकोमा चौधरीले खुसी व्यक्त गर्नुभयो ।

विशिष्ठ अतिथि क्याम्पस प्रमुख डा.तारा प्रसाद गौतमले भूपु विद्यार्थीहरु क्याम्पसको एक महत्वपूर्ण अंंग भएको बताउनुभयो । उहाँले समितिले सक्रियताका साथ सिर्जनात्मक कामहरुका लागि क्याम्पस प्रशासनले कार्यालय, आर्थिक, एवम् वार्षिक कार्ययोजना लगायतका काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विशिष्ठ अतिथि पूर्व क्याम्पस प्रमुख एवम् समाजका सल्लाहकार चित्र के.सीले यस क्याम्पसमा अध्ययन गरेका सबै पूर्व विद्याथीहरुको प्रोफाइल तयार गर्नुपर्नेमा जोड दिनुभयो । विभिन्न क्षेत्रमा रहेका विद्यार्थीको प्रोफाइल तयार गर्न सकेको खण्डमा विद्यार्थीलाई रोजगारी प्रदान गर्नेदेखि हरेक क्रियाकलामा सहज हुने केसीको भनाइ छ ।

कार्यक्रममा प्राध्यापकहरु जगन्नाथ गौतम,मिना भणडारी, हेमचन्द्र शर्मा, लोकनाथ अधिकारी, दिनेश घिमीरे लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदैँ आवश्यक सहकार्यका लागि सदैव तत्पर रहेको बताए । नियमित वैठकलाई निरन्तरता दिई पूर्व विद्यार्थीको प्रोफाइल तयार गर्ने, अतिरिक्त क्रियाकलापहरु गर्ने र क्याम्पस प्रशासनसँग सहकार्य गर्दै अघि बढी कामहरु गर्ने आगामी योजना रहेको समाजले जनाएको छ ।

शनिबार बिहान क्याम्पस सभाहलमा भएको कार्यक्रम विष्णु खत्रीको अध्यक्षता, दिपेन्द्र चापागाइको स्वागत तथा शिला पचभैयाको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : शनिबार, साउन १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij