काठमाडौं– सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरिद अनियमिततामा वहालवाला मन्त्री रवीन्द्र अधिकारीलाई कारवाही गर्न सिफारिस गरेको छ।
सोमवार विहान बसेको समितिको बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित पूर्व मन्त्रीहरु जीवन शाही र जितेन्द्र देवमाथि आवश्यक अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरेको हो।
बैठकले उपसमितिको प्रतिवेदन पारित गर्दै पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई निलम्बन गरेर कारवाही अघि बढाउन सिफारिस गरेको छ।
बैठकले गृह मन्त्रालयका सचिव प्रेम राईलाई भने निर्दोष ठहर गरेको छ। राईले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारबाट सूचना मगाउँदा गलत सूचना आएको र उपसमितिले गलत सूचना दिएको भन्दै राईलाई कारवाही सिफारिस गरेको थियो। तर लेखा समितिले थप अनुसन्धान गर्दा गल्ती गर्नेमा नपरेको देखिएको सभापति भरत शाहले जानकारी दिए।
उनका अनुसार गृहसचिवलाई गलत सूचना दिने महाप्रबन्धक कंसाकारलाई उपसमितिले सिफारिस गरेबाहेक थप कारवाही गर्न लेखा समितिले सिफारिस गरेको छ।
यसअघि राजन केसीको नेतृत्वमा गठित संसदीय उपसमितिले वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर गर्दै तीन मन्त्री, दुई सचिव, एक पूर्वसचिव र महाप्रबन्धक सहितलाई कारवाहीको सिफारिस गरेको थियो।
प्रकाशित मिति : सोमबार, पुष २३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्