काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले देशकाे सर्वोपरि हितलाई ध्यानमा राखेर नागरिककाे विकास र समृद्धिको आकाङ्क्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ ।
आज मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरूको बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो निर्देशन दिनुभएको हो । उहाँले अब देश चाँडै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा प्रवेश गर्ने उल्लेख गर्दै त्यसलाई समेत ध्यानमा राखेर काम गर्न मन्त्रीहरूलाई सचेत समेत गराउनुभयो ।
प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले भन्नुभयो, ‘प्रधानमन्त्रीजी देशकाे हितलाई सर्वोपरि ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकाङ्क्षालाई पूरा गर्न निर्देशन दिनुभएकाे छ । यस्तै उहाँले आउँदै गरेकाे चुनावलाई पनि ध्यानमा राखेर अघि बढ्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ ।’
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक अवस्थाको बारेमा प्रधानमन्त्री देउवालाई ब्रिफिङ गर्नुभएको थियो भने अन्य मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयको कामका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रकाशित मिति : मंगलबार, साउन १७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्