बुटवलमा जग्गाको विवरण हेरेर नाप नक्शांकनको औपचारिक प्रक्रिया थालिने

बुटवलमा जग्गाको विवरण हेरेर नाप नक्शांकनको औपचारिक प्रक्रिया थालिने

बुटवल

बुटवल उपमहानगरपालिकामा भू उपयोग नीति, ऐन र नियमावलीबारे छलफल तथा अभिमुखीकरण कार्यक्रम भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जारी गरेको भू-उपयोग नीतिले स्थानीय तहलाई भूबनोट, भूमिको क्षमता र उपयुक्तता, उपयोग र आवश्यकताका आधारमा जग्गाको वर्गीकरण गर्ने अधिकार दिएको छ ।

 

 

सोहीअनुसार बुटवल क्षेत्रका जग्गाको नक्सा, वर्गीकरणको आधार, मापदण्ड र क्षेत्रफलका आधारमा वर्गीकरण गर्नका लागि तयारीस्वरुप स्थानीय भू उपयोग परिषद्को आयोजनामा छलफल भएको हो । छलफलले ९ दिनभित्र वडास्तरबाट जग्गाहरुको विवरण संकलन गर्ने र त्यसपछि औपचारिक प्रक्रिया अघि बढाउने निर्णय भएको परिषद्का अध्यक्ष समेत रहनुभएका नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।

 

उहाँले वडामा रहेका जग्गाहरुको अवस्थाको विवरण तयार गरेर परिषदमा पेश गरेपछि नाप नक्शांकनको औपचारिक प्रक्रिया अघि बढाउने बताउनुभयो । कार्यक्रममा भू उपयोग नीति, ऐन र नियमावलीबारे मालपोत कार्यालय बुटवलका निमित्त मालपोत अधिकृत घनश्याम अर्यालले सहजीकरण गर्नुभएको थियो ।

 

भू उपयोग नीति, ऐन र नियमावलीबारे जनप्रतिनिधिलाई लाभ हुने गरी अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरेको भू उपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलले जानकारी दिनुभयो । यस्तै, भू उपयोगसम्बन्धी राजनीतिक दलहरु रहेको नगरस्तरीय सहजीकरण समितिले ३ जना सदस्यमा जितबहादुर मल्ल, सीता खनाल र प्रकाश परियारलाई थप गर्ने निर्णय गरेको छ ।

 

नगरप्रमुख तथा समितिका अध्यक्ष खेलराज पाण्डेको अध्यक्षतामा बसेको समितिको बैठकले राष्ट्रिय भूमि आयोगलाई आवश्यक पर्ने जनशक्तिका लागि बुटवल उपमहानगरपालिकाले समन्वय गर्ने निर्णय गरेको छ

प्रकाशित मिति : बुधबार, साउन १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij