काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जापान नेपालको विकास र समृद्धिका लागि निःशर्त र निःस्वार्थ रुपमा सहयोग गर्ने घनिष्ठ मुलुक भएको बताएका छन् ।
केही समयअघि भएको आफ्नो जापान र अमेरिका भ्रमणका बेला त्यहाँ भएका भेटघाट र कुराकानीबारे प्रतिनिधिसभा,अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा जानकारी गराउँदै उनले भ्रमणका क्रममा भएको छलफलपछि नेपाली श्रमिकका लागि जापानी श्रम बजारमा रोजगारी खुला भएको जानकारी दिए ।
नेपालको विकासको प्रमुख साझेदारको सूचीमा रहेको जापानको आर्थिक एवं प्राविधिक सहयोगमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, उदयपुर सिमेण्ट कारखाना, कुलेखानी जलविद्युत् आयोजना, बनेपा– बर्दिवास बिपी राजमार्ग निर्माण भएका हुन् ।
नागढुङ्गा–नौबीसे सुरुङमार्ग पनि जापान सरकारको सहयोगमा निर्माण हुने अर्काे महत्वपूर्ण परियोजना हो । कृषि तथा मत्स्यपालनमा पनि जापानले नेपाललाई सघाउ पु¥याउँदै आएको छ ।
सन् १९८३ पछि अमेरिकी सरकारको निमन्त्रणामा विदेशमन्त्रीको हैसियतले भ्रमणका अवसर पाउनुलाई सुखद् क्षणका रुपमा लिएको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँ भएका विभिन्न भेटघाटमा अन्तरराष्ट्रिय, क्षेत्रीय र द्विपक्षीय हित र चासोका विषयमा गहन विचारविमर्श भएको जानकारी दिए ।
विगतमा नेपालबाट औलो उन्मूलन गर्ने कार्यमा विशेष योगदान पु¥याएको अमेरिकाले सहस्राब्दी विकास लक्ष्य पूरा गर्न सहयोग पु¥याउने सन्दर्भमा नेपालमा विद्युत् प्रसारण लाइन विस्तार र सडक पूर्वाधार निर्माणका लागि पाँच वर्ष अवधिमा खर्च गरिसक्ने गरी ५० करोड डलर सहयोगको घोषणा गरिसकेको छ ।
नेपालमा उत्पादित ७७ प्रकारका उत्पादनलाई अमेरिकाले पैठारी भन्सार छुटको व्यवस्था गर्दै आएको छ ।
पछिल्लो समय अमेरिका र नेपालबीच पर्यटक प्रवेशाज्ञामा आवतजावत गर्न नागरिका लागि प्रवेशाज्ञा शुल्कमा एकरुपता कायम गर्ने समझदारी भएको छ ।
नेपालमा उत्पादित विद्युत् भारतको विद्युत् ग्रीड प्रयोग गरेर अन्य मुलुकमा पठाउन सकिने व्यवस्थाले दुई देशबीचको सम्बन्ध विस्तारमा ठूलो योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।
प्रकाशित मिति : सोमबार, पुष २३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्